सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ किनबेच ?

सुन २ सय रूपैयाँ र चाँदी १५ रूपैयाँले बढ्याे


काठमाडौं – नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। शुक्रबार तोलामा दुई हजार दुई सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन भने प्रतितोला २ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ९६ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आइतबार चाँदीको मूल्य पनि सामान्य बढेको छ। शुक्रबार प्रतितोला चार हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार सात सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।