काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन्। उनी सभामुख निर्वाचित भएपछि उनी पहिलोपटक गृहजिल्ला जान लागेका हुन्।
उनी आज बराहकाली माध्यमिक विद्यालयमा एक कार्यक्रमकाबीच ज्वालामुखी गाउँपालिकालाई नेपालकै पहिलो नमूना सफा तथा स्वच्छ गाउँपालिका घोषणा गर्न गृह जिल्ला जाने भएका हुन्। सभामुख अर्यालकै प्रमुख आतिथ्यतामा यो कार्यक्रम हुन लागेको हो। उनले नै वालामुखीलाई नेपालकै पहिलो स्वच्छ पालिका घोषणा गर्ने कार्यक्रम रहेको छ।
धादिङको ज्वालामुखी गाउँपालिका–३ अमराईका अर्यालले गत निर्वाचनमा काठमाडौं– ९ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए।



About Us
प्रतिक्रिया