स्रोत नखुलेको ८ लाख नगदसहित दुई जना पक्राउ


काठमाडौं – सर्लाहीको ब्रहम्पुरी गाउँपालिका– ४ बाट स्रोत नखुलेको नगद ८ लाख रुपैयाँसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा चन्द्रनगर गाउँपालिका–४ घर भएका २३ वर्षीय कृष्ण कुमार पासवान र चन्द्रनगर गाउँपालिका–१ घर भएका ४१ वर्षीय शिव नारायण महतो रहेका छन्। 

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले भारतबाट भेल्ही चोकतर्फ जाँदै गरेको म.प्र.०३९०३७ प ७४५० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।