काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघबाट सदस्यातासम्बन्धमा पाटन उच्च आदलतबाट अन्तरिम आदेश पाएका बस्तुगत संघहरुले आफूहरुलाई तत्काल मताधिकारसहित अधिकार माग गरेका छन्।
बिहीबार पाटन उच्च अदालतबाट १८ वटा बस्तु संघलाई महासंघको निर्वाचनमा सहभागिता गराउनुभन्ने अन्तरिम आदेश भएसँगै उनीहरुले शुक्रबार पत्रकार सम्मेलनगर्दै महासंघको विधानअनुसार निर्वाचनमा सहभागि हुनको लागि एउटा साधारणसभामा भाग लिएको हुनुपर्ने बताएका हुन्।
अदालतबाट हिजोमात्रै न्याय पाएका १८ बस्तुगत संघले महासंघको यसअघिको विशेष साधारण र ५९औं वार्षिक साधारण सभामा भाग लिइसकेका छन्।
साथै, उनीहरुले सदस्यताका सबै दस्तुर तिरिसकेका छन्। अदालतले सबै सदस्यतालाई मध्यनजर गर्दै महासंघको आसन्न ६०औं वार्षिक साधारण सभामा सहभागि गराउनुभन्ने अन्तरिम आदेश जारीगरेसँगै १८ बस्तु अदालतको निर्णयअनुसार मताधिकारसहित आफूलाई चुनावि प्रक्रियामा सहभागि गराउन माग गरेका हुन्।



About Us
प्रतिक्रिया