यी हुन् आज नेप्सेमा सर्वाधिक कमाउने १० कम्पनी


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३.४६ अंकले घट्दा समेत १० कम्पनीका लगानीकर्ताले भने सर्वाधिक कमाएका छन्। आज नेप्सेमा कारोबारमा आएका ३३५ कम्पनीहरुमध्येमा भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, होटल फरेष्ट इन र पाल्पा सिमेन्ट इन्डष्ट्रीज, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रीक, शिखर पावर डेभलपमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, त्यस्तै, हिमालयन हाइड्रोपावर र ग्लोबल आइएमइ बैंक डिबेन्चर २०८४/८५ का लगानीकर्ताले सर्वाधिक कमाएका हुन्।

जसमा भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, होटल फरेष्ट इन र पाल्पा सिमेन्ट इन्डष्ट्रीजका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रीक, शिखर पावर डेभलपमेन्टका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन्।

यससँगै, क्रमशः रिलायन्स स्पिनिङ मिल्सको ९.३६ प्रतिशत, हिमालयन हाइड्रोपावरको ८.४८ प्रतिशत र ग्लोबल आईएमइ बैंक डिबेन्चरका लगानीकर्ताले ५.९३ प्रतिशतका दरले कमाएका हुन्।