काठमाडौं – चालु आर्थिक वर्षको फागुनसम्म बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ६.६ प्रतिशतले बढेकाे छ। केन्द्रीय बैंककाे तथ्यांकअनुसार समिक्षा अवधिमा ४८२ अर्ब १ करोडले बढेर ७७ खर्ब ४५ अर्ब ८८ करोड पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४.३ प्रतिशत (२७७ अर्ब २३ करोड) ले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८२ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५.१ प्रतिशतले बढेको छ।
२०८२ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.६ प्रतिशत, ४४.१ प्रतिशत र ४०.१ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.४ प्रतिशत, ३५.४ प्रतिशत र ५१.७ प्रतिशत रहेको थियो।
फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३४.३ प्रतिशत रहेको छ। २०८१ फागुन मसान्तमा यस्तो निक्षेपको अंश ३५.४ प्रतिशत रहेको थियो।



About Us
प्रतिक्रिया