काठमाडौं – साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३.४६ अंकले घटेर बजार २८ सय ३७ दशमलव ७७ को बिन्दुमा बन्द भएको छ।
आज ३३५ कम्पनीको २ करोड १० लाख ७७ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९९ करोड ३२ लाख रुपैयाँ शेयर कारोबार भएको छ। आज सबैभन्दा बढी नेशनलन हाइड्रोपावरको शेयर कारोबार भएका छ। आज यस कम्पनीको ५१ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको ४३ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, होटल फरेष्ट इन र पाल्पा सिमेन्ट इन्डष्ट्रीजका लगानीकर्ताले कमाएका छन्।
आज यी ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, आज सबैभन्दा बढी एनआइसी एशिया ब्यालेन्स फण्डका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ४.१७ प्रतिशतका दरले गुमाएका हुन्।



About Us
प्रतिक्रिया