एक यात्रुका लागि बढीमा तीन जना मात्र आफन्तलाई विमानस्थल आउन आग्रह


काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले एक जना यात्रुका लागि बढीमा तीन जना मात्र आफन्तजनलाई विमानस्थल आउन अनुरोध गरेको छ। शुक्रबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।

विमानस्थलमा हुने भीडभाडालाई ध्यानमा राखेर कार्यालयले बढीमा ३ जना आफन्त मात्रआउन आग्रह गरेको छ। हाल आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवाका उडानहरूको संख्या बढ्दो क्रममा रहेकाले हवाई यात्रुहरूको संख्या पनि वृद्धि भइरहेको प्राधिकरणले जनाएको छ।