काठमाडौं – पछिल्लो समय पक्राउ परेका ‘हाइप्रोफाइल’ व्यक्तिहरू अस्पताल भर्ना हुने क्रम बढेको छ। यसरी हिरासतमा पर्ने व्यक्तिको अस्पतालमा लाग्ने उपचार खर्च कसले व्यहोर्छ ? पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउपछि अस्पताल भर्ना भएका थिए भने पूर्व ऊर्जामन्त्री दीपक खड्का पनि पक्राउको भोलिपल्टै अस्पताल पुगेका थिए।
यसअघि पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ‘स्वास्थ्य बहाना’ बनाएर अस्पताल बस्ने प्रवृत्तिमा कडाइ गर्ने प्रयास समेत गरेका थिए। त्यस्तै, पूर्व बैंकर अशोक शेरचन पक्राउपछि अस्पताल भर्ना भएको घटनाले पनि यस्तै प्रश्न उठाएको थियो। यस्ता घटनाले ‘हाइप्रोफाइलका लागि छुट्टै व्यवहार हुन्छ कि ?’ भन्ने चासो बढिरहेको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता हेमन्त भण्डारी क्षेत्रीका अनुसार हिरासतमा रहेका सर्वसाधारण बिरामी परेमा उपचार खर्च उनी स्वयं वा उनका परिवारले नै व्यहोर्नुपर्छ।
त्यस्तै, हाईप्रोफाइल व्यक्तिको पनि खर्च आफैँ व्यहोर्नुपर्ने व्यवस्था रहेको उनको भनाइ छ। उनले भने, ‘सर्वसाधारण पक्राउ परी हिरासतमा रहेको अवस्थामा व्यक्ति स्वयं वा उसको परिवार तथा आफन्तले अस्पतालको खर्च व्यहोर्छ। यदि बीमा गरिएको छ भने बीमाले कभर गर्न सक्छ।’



About Us
प्रतिक्रिया