काठमाडौं – चैत २७ गते आजदेखि नेपाल स्टक एक्सचेन्जमा (नेप्से) पाल्पा सिमेन्ट इण्डष्ट्रीजको पहिलो शेयर कारोबार भएको छ। नेप्सेमा कारोबारमा आएको पहिलो दिनमै कारोबार खुलेको केही मिनेटमै सो कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।
यस दिन पाल्पा सिमेन्टको शेयरमूल्य प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो। यस कम्पनीमा १० प्रतिशतको सकारात्मक सर्किट लागेसँगै कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३३० कायम भएको छ।
यससँगै शिखर पावर डेभलपमेन्टको समेत आज नेप्सेमा पहिलो कारोबार हो। यस कम्पनीले शेयरमूल्य प्रतिकित्ता २८४ रुपैयाँ ३० पैसामा पहिलो कारोबार गरेको छ। सो कम्पनीको शेयरमूल्य मध्यान्न १२ः१६ सम्ममा ३.९७ प्रतिशतले बढेको छ। यससँगै, कम्पनीको शेयर मूल्य २९५ रुपैयाँ ६० पैसामा पुगेको छ।



About Us
प्रतिक्रिया