काठमाडौं- नेपाल प्रहरीको साइबर ब्युरोले अपरिचित नम्बरबाट फोन गरी आफूलाई बैंकको प्रतिनिधि बताउँदै खातासम्बन्धी गोप्य विवरण माग्ने घटना पछिल्लो समय बढ्दै गएको जनाएको छ।
ब्युरोले एउटा भिडियो सन्देश जारी गर्दै बैंकले कहिले पनि ओटिपी नमाग्ने भएकाले गर्दा बैंकबाट बोलेको भन्दै ओटिपी माग्नेहरूलाई ओटिपी नदिन आग्रह गरेको हो।
ओटिपी दिने बित्तिकै आफ्नो बैंकमा रहेको सबै रकम उक्त ठग चोर्ने प्रहरीले बताएको छ। अनलाइनको माध्यमबाट ओटिपी, जुम बैठक लिंक–कोड माग गर्ने,तपाईँलाई विदेशबाट उपहार आएको छ भनी कर तिर्न लगाउने, अनलाइनमा घरमै बसीबसी जागिर खानुहोस् भन्दै लगानी गर्न लगाउने र शङ्कास्पद लिंक क्लिकहरू टाढा रहन ब्युरोले अनुरोध गरेको छ।



About Us
प्रतिक्रिया