काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चैत २७ गते सुनको मूल्य तोलामा २२ सय रुपैयाँले बढेको हो।
यससँगै आज सुनको मूल्य तोलामा २ लाख ९६ हजार ७ सय रुपैयाँ पुगेको छ। हिजो सुन प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ८५ रुपैयाँले बढेको हो। यससँगै आज चाँदी तोलामा ४९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी तोलामा ४८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।



About Us
प्रतिक्रिया