अनुचित लेनदेन कसूरमा ४० लाख बिगो तोकिएका एक जना पक्राउ 


काठमाडौं – आपराधिक षडयन्त्र तथा अनुचित लेनदेन सम्बन्धी कसुरमा ४० लाख बिगो तोकिएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकका गोपाल श्रेष्ठ रहेका छन्।

रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई खोजतलास गर्ने काठमाडौंको बागबजारबाट पक्राउ परेका हुन्। 

उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सिद्धार्थनगर, रुपन्देही पठाइएको प्रहरीले जनाएको छ।