५ दिनको लागि १ खर्ब २५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले आज १ खर्ब २५ अर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले ५ दिनको लागि १ खर्ब २५ अर्ब निक्षेप संकलन गर्न लागेको हो ।

यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी आगामी वैशाख २ गते हुनेछ । बैंक तथा वित्तीय संस्थाले घटीमा रु. १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि बोलपत्र पेस गर्न सक्नेछन् ।

निक्षेप संकलनकोबोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनको बोलकबोलमा निक्षेपबापत् जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ । यस्तै, केन्द्रीय बैंकले निक्षेप संकलनको लागि आह्वान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गर्ने उल्लेख गरेको छ ।