काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाहलाई नै तोकी मौजुदा मन्त्रिपरिषद्मा हेरफेर गरेका छन्।
राष्ट्रपतिको कार्यालयका अनुसार प्रधानमन्त्री शाहको सिफारिसमा यही चैत १३ गते गठित मन्त्रिपरिषद्मा उक्त हेरफेर गरिएको हो।
प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सिफारिसमा श्रममन्त्री दीपककुमार साहलाई आज पदमुक्त गरेका तथ योसँगै मन्त्रिपरिषद्मा अब १४ सदस्य कायम रहेका छन्।




About Us
प्रतिक्रिया