आत्मानिर्भर लघुवित्तसहित ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४८.७१ अंकले बढेसँगै ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेर बन्द भएको छ। आज नेप्सेमा कारोबारमा आएका ३३८ कम्पनीहरुमध्ये आत्मानिर्भर लघुवित्त, रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी, सोलु हाइड्रोपावर, र होटल फरेष्ट इनको शेयर मूल्यमा सर्किट लागेर बन्द भएको हो। यी ६ कम्पनीमा सकारात्मक सर्किट लागेसँगै यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्।

कति छ शेयर मूल्य?
आज यी ६ कम्पनीका शेयरमूल्य १० प्रतिशतका दरले बढेसँगै आत्मानिर्भर लघुवित्तको शेयरमूल्य प्रतिकित्ता ६ हजार १२८ रुपैयाँ ६० पैसा कायम भएको छ। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको शेयर मूल्य ४ हजार २८९ रुपैयाँ ४० पैसा, त्यसैगरी, भुजुङ हाइड्रोपावरको प्रतिकित्ता १ हजार ८३ रुपैयाँ ५० पैसा, त्यस्तै रिज लाइन इनर्जीको प्रतिकित्ता ७ सय ७७ रुपैयाँ ८० पैसामा कायम भएको छ।

त्यसैगरी, सोलु हाइड्रोपावरको प्रतिकित्ता ७ सय ५२ रुपैयाँ ६० पैसा र होटल फरेष्ट इनको शेयर मूल्य प्रतिकित्ता ६ सय ८१ रुपैयाँ २० पैसामा कायम भएको छ। साथै, आज नेप्सेमा सुपरखुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक शेयर मूल्य ९.९९ प्रतिशतले बढेर बन्द भएको छ। यससँगै, हिम स्टार उर्जा कम्पनीको शेयर मूल्य ९.६४ प्रतिशतले बढेर बन्द भएको छ।