पूर्व प्रधानमन्त्री देउवा र पत्नी राणाविरुद्ध इन्टरपोलमार्फत नोटिस जारी गर्ने तयारी 


काठमाडौं – पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु राणाविरुद्ध इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया अघि बढेको छ । उनीहरूविरुद्ध इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया अघि बढाइएको सम्पत्ति शुद्धीकरण विभागमा महानिर्देशक गजेन्द्र कुमार ठाकुरले जानकारी दिए । 
 
विदेश गएर बसेका लागि पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्ने गरिन्छ । प्रहरीका अनुसार गम्भीर अपराधमा संलग्न भई देश छाडेका वा विदेशमा रहेर नै अपराध गर्ने व्यक्तिको पहिचान भएपछि इन्टरपोल नोटिस जारी गरिन्छ। नोटिस जारी भएपछि सम्बन्धित देशका सुरक्षा निकायको सहयोगमा ती व्यक्तिलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइन्छ।

अदालत वा सम्बन्धित न्यायिक निकायबाट पक्राउ पुर्जी (वारेन्ट) जारी नभएको अवस्थामा फरार अभियुक्तहरूको खोजीका लागी जारी गरिने नोटिस डिफ्युजन नोटिस हो।  अब देउवा र राणाविरुद्ध अनुसन्धान गर्न यस नोटिसको प्रयोग हुन सक्छ ।