राजस्व र रोजगारीमा नाडाको योगदान, अटोमोवाईल उद्योगको संरक्षण आवश्यक


काठमाडौं – नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले अर्थ मन्त्रालयका राजश्व सचिव भूपाल बरालसँग भेटगरी नेपालको अटोमोवाइल क्षेत्रको समस्याहरूको सम्बन्धमा विस्तृत छलफल गरेको छ।

सो भेटघाट तथा छलफलमा अध्यक्ष उप्रेतीले शिथिल अवस्थामा रहेको नेपालको अटोमोवाइल क्षेत्रलाई गतिशील बनाउन आवश्यक पर्ने केही नीति नियमहरूमा परिवर्तन आवश्यक रहेको र यसो भएमा सरकारले प्राप्त गर्ने राजश्व र रोजगारीमा पनि वृद्धि हुने धारणा राखे।

अटोमोवाइल प्रतिनिधिहरुसँगको सो छलफलको क्रममा राजश्व सचिव भूपाल बरालले नाडाबाट प्राप्त सुझावहरू कार्यान्वयन योग्य रहेको र यी समस्याहरूको विषयमा आफू जानकार समेत रहेको बताए।

सो छलफलमा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले लोन टु भ्यालु अनुपात बढाउन अत्यन्त जरुरी रहेको भन्दै यो रेसियोलाई बढाउन सके सवारी साधनहरूको विक्री पनि बढ्ने सन्दर्भमा यसबाट रोजगारी मात्र बढ्ने नभई सरकारको राजश्व प्राप्तिमा समेत वृद्धि हुने भएकोले यसबाट समग्र अटोमोवाइल व्यवसायको इको सिष्टम बढ्ने हुँदा हाल कायम रहेको लोन टु भ्यालु रेसियोलाई पुर्न मूल्याङ्कनका लागि आग्रह समेत गरे।