काठमाडौं – सूर्यज्योति लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एनआईसी एशिया बैंक लिमिटेडको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो ।
एनआईसी एसिया बैंकले सूर्यज्योति लाइफको संस्थापक शेयर लिलामी प्रक्रियामार्फत २ लाख कित्ता शेयर बिक्रीमा राखेको हो । सो शेयर खरीद गर्न इच्छुक तथा योग्य जोकोही लगानीकर्ताहरूले बोलपत्र पेश गर्न सक्नेछन्।
आजदेखि बैशाख ३ गते कार्यालय समयसम्ममा आवेदन पेस गर्न सक्नेछन् । सो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १७५ रुपैयाँ तोकिएको छ भने लगानीकर्ताले न्यूनतम ५ हजार कित्ताका लागी आवेदन दिनु पर्नेछ ।



About Us
प्रतिक्रिया