हाजिरी जमानीमा छुटे ओली र लेखक


काठमाडौं – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले आजहाजिरी जमानीमा रिहा गरेको छ। आवश्यक परेका बेला हाजिर हुने सर्तमा उनीहरुलाई रिहा गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

एमाले अध्यक्ष ओलीलाई श्रीमती राधिका शाक्य र कांग्रेस नेता लेखकलाई श्रीमती यशोदा जोशी लेखकको जिम्मामा छाडिएको हो। बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले चैत २३ गते चौथो पटक म्याद नथप्न र अनुसन्धान पुरा नभएमा हिरासतमुक्त गरेर थप अनुसन्धान र तहकिकातको काम सम्पन्न गर्न परमादेश जारी गरेको थियो।

उनीहरूलाई यही १४ गते पक्राउ गरिएएको थियो। उनीहरू विरुद्ध भदौ २३/२४ मा भएको जेनजी प्रदर्शनमा दमन गरेर किशोरहरूमाथि घातक हतियारबाट गोली प्रहार गर्ने आदेश दिएको आरोप छ।

उनीहरूलाई यसअघि ५ दिनको म्याद थप गरिएको थियो। उक्त म्याद गएराति सकिएसँगै आज छाडिएकाे हाे।