काठमाडौं – राष्ट्रिय जीवन बीमा कम्पनी (साबिक राष्ट्रिय बीमा संस्थान) ले भोलि अर्थात् चैत २७ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको केन्द्रीय कार्यलयमा सभा १२:४५ मा सुरु हुनेछ ।
कम्पनीले दोस्रो वार्षिक साधारण सभा गर्न लागेको हो । कम्पनीले भोलि आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को साधारण सभा गर्न लागेको हो । कम्पनीको सो सभाले वार्षिक वित्तीय विवरण स्वीकृत गर्नेछ ।
यसअघि गत बैशाख ३ गते कम्पनीले २०६५/७०, २०७०/७१, २०७१/७२, २०७२/७३ र २०७३/७४ को वार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ । कम्पनिले आर्थिक वर्ष २०७० आसारदेखि २०७४ आसारसम्मको लेखापरीक्षण समेत सम्पन्न गरेकाे हाे ।



About Us
प्रतिक्रिया