सरकारले बढायो सार्वजनिक यातायातको भाडा

१५ देखि २१ प्रतिशतसम्म वृद्धि


काठमाडौं – सरकारले सार्वजनिक सवारी साधनको भाडा वृद्धि गर्ने निर्णय गरेको छ। यातायात व्यवस्था विभागले मन्त्रालयको सैद्धान्तिक सहमतिपछि नयाँ भाडादर कायम गर्ने तयारी गरेको हो।

नयाँ भाडा अनुसार यात्रुवाहक सवारी साधनको भाडा १६.७१ प्रतिशतले बढाइएको छ। मालवाहक सवारी साधनको भाडा पहाडी मार्गमा २१.६८ प्रतिशत र तराई मार्गमा १५.७५ प्रतिशतले समायोजन गरिएको छ।

अब सर्वसाधारणले यात्रा र सामान ढुवानी गर्दा नयाँ भाडा अनुसार शुल्क तिर्नुपर्नेछ।