काठमाडौं – लेक्साइड पोखरास्थित फिस टेल लज पोखरा र अन्नपुर्ण जगतपुर लज प्रा.लि र प्रभु बैंक लिमिटेडबीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ। आज चैत २५ गते प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर दिपेन्द्र बाबु बिष्ट र लेक्साइड पोखरा स्थित फिस टेल लज पोखरा तथा अन्नपुर्ण जगतपुर लज प्रा.लि तर्फबाट बिक्री तथा मार्केटिङ क्लस्टर निर्देशक सनीस महर्जन बाट सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
लेकसाइड पोखरा स्थित फिस टेल लज पोखरा र अन्नपुर्ण जगतपुर लज प्रा.लि प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिएबापत विशेष छुट पाउने छन्। सम्झौता अनुसार प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले लजका सेवा तथा सुबिधा प्राप्त गर्नको निमित्त बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतिय प्रणालीद्वारा विल भुक्तानी गर्नुपर्ने छ।
लेक्साइड पोखरा स्थित फिस टेल लज पोखरा र अन्नपूर्ण जगतपुर लज प्रा.लि मार्फत उपलब्ध आवास तर्फ विशेष सस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १० प्रतिशत–१५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन। यस बैंकका नेपालभर रहेका ३१२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर मार्फत् करिब ३६ लाखभन्दा बढि ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्दै अघि बढिरहेको छ।



About Us
प्रतिक्रिया