यी हुन् आज नेप्सेमा सर्वाधिक कमाउने ५ कम्पनी


काठमाडौं – आज शेयर बजारमा ५ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४५.१२ अंकले बढेसँगै रिलायन्स स्पिनिङ मिल्स, श्रीनगर एग्रीटेक, सोलु हाइड्रोपावर र होटल फरेष्ट इनका लगानीकर्ताले सबैभन्दा बढी कमाएका हुन्।

कारोबारमा आएका ३४६ कम्पनीहरुमध्ये आज यी ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्। त्यससँगै, सुपर खुुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रीकका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन्।

त्यस्तै, आज सबैभन्दा बढी श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ४.३५ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, ८.७५ प्रतिशत डिबेन्चर २०८५ र माई खोला हाइड्रोपावरका लगानीकर्ताले ३.२३ प्रतिशतका दरले गुमाएका छन्।