काठमाडौं – बैंकिङ्ग कसुरमा ४ लाख ७५ हजार बिगो तोकिएका २ जना फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा काठमाडौं तार्केश्वर घर भएका ३१ वर्षीय निकेश तामाङ र भक्तपुर सूर्यविनायक बस्ने काठमाडौं घर भएकी ३६ वर्षीया रिता प्रधान पौडेल रहेका छन्।
जिल्ला अदालत काठमाडौंबाट जेठ २७ गते र २०८२ माघ ४ गतेको फैसला बमोजिम बैंकिङ्ग कसुर मुद्दामा फरार रहेका निकेशलाई नगद ४ लाख ७५ हजार रूपैयाँ जरिवाना र ४ महिना ५ दिन कैद र क्षतिपुर्ति १९ हजार रूपैयाँ ताेकेकाे छ।
निकेशलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले तार्केश्वरबाट सोमबार पक्राउ गरेको हो। यसैगरी जिल्ला अदालत काठमाडौंबाट २०८२ माघ ४ गतेको फैसलाले बैंकिङ्ग कसुर मुद्दामा नगद ३७ हजार ५ सय रूपैयाँ जरिवाना र २ दिन कैद तथा क्षतिपुर्ति १ हजार ५ रूपैयाँ ताेकिएकाे छ।
रितालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायकबाट पक्राउ गरेको हाे। उनीहरूलाई फैसला कार्यान्यवनको लागि जिल्ला अदालत काठमाडौं बबरमहलमा उपस्थित गराईएको समेत प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया