काठमाडौं – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा.आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो। हाल देउवा दम्पत्ति विदेशमा छन्।
गत २४ भदौमा जेन–जी विद्रोहका क्रममा देउवा निवासमा आगजनी भएको थियो। त्यसक्रममा उनको निवासमा पैसा जलेको अवस्थामा भेटिएको थियो ।



About Us
प्रतिक्रिया