आशा लघुवित्तको २ लाख ८४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा


काठमाडौं – आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि झन्डै ३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले संस्थापक शेयर धनीको नाममा रहेको २ लाख ८४ सय ३९७ कित्ता शेयर बिक्रीमा राखेको हो। सो शेयर न्यूनतम मूल्य ३०० सय रुपैयाँ तोकेको छ।

कम्पनीले सो शेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक शेयरधनीलाई दिएको जनाएको छ। उक्त शेयर खरिद गर्न इच्छुक संस्थाका विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

आवेदनले संस्थाको केन्द्रिय कार्यालय बनेपा–१३ मा आफूले खरिद गर्ने शेयर कित्ता खुलाई आवेदन दिनुपर्नेछ।