काठमाडौं – मन्त्रिपरिषद्को यही १६ चैतको निर्णयअनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’को पहिलो बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुँदै छ।
कार्यदलमा नेपाली कांग्रेसका तर्फबाट मोहन आचार्य, एमालेका तर्फबाट संविधानसभा सदस्य भीष्मनाथ अधिकारी, नेपाली कम्युनिस्ट पार्टीका नेता एवं संविधानसभाका सदस्य देवप्रसाद गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाही र राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट सदस्य छन्।
यसैगरी, कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोगकी सचिव इन्दिरा दाहाल सदस्य छन्। कार्यदलको सदस्यसचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख लीलाधर सुवेदी छन्।
नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले कार्यदलमा प्रतिनिधित्व गर्ने सदस्य आजै चयन गर्ने अपेक्षा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।



About Us
प्रतिक्रिया