सन नेपाल लाइफको निमित्त सीईओको जिम्मेवारी फुयाँललाई


काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा कवि फुयाँललाई नियुक्त गर्ने निर्णय गरेको छ। कम्पनीको चैत २४ गते बसेको सञ्चालक समितिले बैठकले सो निर्णय गरेको हो।

उनी कम्पनीका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) हुन्। फुयाँलले यसअघि आईएमई लाइफ इन्स्योरेन्स कम्पनीमा चार वर्ष सीईओकाे जिम्मेवारी सम्हालिसकेका छन्।