काठमाडौं – विधि प्राइभेट लिमिटेडले आफ्नो स्थापना भएको १२ वर्ष पूरा गरेको छ। सन् २०१४ मा स्थापना भएको कम्पनीले विभिन्न क्षेत्रका कर्पोरेट ग्राहकहरूलाई उत्पादन–आधारित तथा अनुकूलित सफ्टवेयर समाधान प्रदान गर्दै आएको छ।
कम्पनीका अनुसार यसको एचआर तथा पेरोल सफ्टवेयर २०० भन्दा बढी कम्पनीहरूले प्रयोग गरिरहेका छन्। साथै, निर्माण तथा जलविद्युत् क्षेत्रमा ईआरपी प्रणाली १०० भन्दा बढी कम्पनीमा कार्यान्वयन भइसकेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुभाष सापकोटाले १२ वर्षे यात्रा उपलब्धिमूलक रहेको बताउँदै अब कम्पनी एआई–आधारित प्रविधितर्फ अग्रसर हुने जानकारी दिए।

उनका अनुसार, १३औँ वर्षमा प्रवेशसँगै एचआर तथा पेरोल तथा ईआरपी प्रणालीमा एआई समावेश गरी स्वचालन, कार्य बल विश्लेषण तथा पूर्वअनुमानात्मक डेटा प्रयोगमार्फत व्यावसायिक निर्णय प्रक्रियालाई थप प्रभावकारी बनाइनेछ। कम्पनीले आगामी दिनमा अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने लक्ष्य राखेको छ।



About Us
प्रतिक्रिया