काठमाडौं – साताको तेस्रो कारोबार दिन मंगलबार झिनो अंकले बजार घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.६१ अंकले घटेर बजार २७ सय ५७ दशमलव ४० को बिन्दुमा बन्द भएको हो।
आज ३४५ कम्पनीको १ करोड ७४ लाख ६ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७३ करोड ७१ लाख रुपैयाँ शेयर कारोबार भएको छ। आज सबैभन्दा बढी ङादी ग्रप पावरको शेयर कारोबार भएका आज यस कम्पनीको २४ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको २४ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर,र श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनका कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्। आज सबैभन्दा बढी एनआइबीए ग्रोथ फण्डका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ७.०८ प्रतिशतका दरले गुमाएका छन्। त्यस्तै, झापा इनर्जीका लगानीकर्ताले ३.९७ प्रतिशतका दरले गुमाएका छन्।



About Us
प्रतिक्रिया