बैंकिङ्ग कसुर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरको गोदावरीकी मेनुका केसी रहेकी छिन्। 

उनलाई गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिइएको प्रहरी टोलीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा पेश गरेको छ।