काठमाडौं – महिला लघुवित्त वित्तीय संस्थाले आजदेखि ८४ हजार बढी कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले संस्थापक समूहका दुई जना शेयरधनीको नाममा ८४ हजार ५३७ कित्ता शेयर बिक्रीमा राखेको हो। संस्थाले सो शेयर संस्थाको विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिंदै बिक्रीमा राखेको हो।
सो शेयर खरिद गर्न इच्छुक संस्थाका विद्यमान संस्थापक शेयरधनीले यो सुचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदनकले संस्थाको केन्द्रीय कार्यालय, बनेपा–१३, साँगा, काभ्रेपलाञ्चोक वा शेयर रजिस्ट्रार नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड, कमलादी, काठमाडौंमा पेश गर्न सकिनेछ।
निवेदन दिँदा आफूले खरिद गर्न चाहेको शेयर कित्ता संख्या स्पष्ट रूपमा खुलाउनुपर्ने कम्पनीले जनाएको छ। बिक्रीमा राखिएको संस्थापक शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७१५ रुपैयाँ तोकिएको छ। शेयर खरिदका लागि निवेदन दिने संस्थापक शेयरधनीले ७१५ रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ।



About Us
प्रतिक्रिया