काठमाडौं – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण निवेदनमा बहस सकिएको छ।
सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सोमबार रिटमाथिको सुनुवाइ सकिएको हाे। बहस सकिएसँगै आजै संक्षिप्त आदेश आउने इजलासले जानकारी दिएको छ।
अध्यक्ष ओलीको तर्फबाट उनकी पत्नी राधिका शाक्य र लेखकको तर्फबाट पत्नी यशोदा लेखकले दायर गरेको रिटमा आइतबारदेखि सुनुवाइ अगाडि बढेको हो। हेर्दाहेर्दैमा राखिएको निवेदनमा सोमबार गृह मन्त्रालय लगायत विपक्षीको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट बहस भएको थियो। यस्तै, निवेदक ओली र लेखकको तर्फबाट जवाफी बहस सकिएसँगै आदेशको तयारी भएको हो।



About Us
प्रतिक्रिया