काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि सर्विया र जर्जिया पठाइदिन्छु भन्दै २१ लाख ९० हजार ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरको गोदावरीका आयुष कार्की र डोटीको आदर्शका किरण ताम्राकार रहेका छन्।
कार्कीले सर्विया पठाइदिन्छु भन्दै १८ लाख ९० हजार र ताम्राकारले जर्जिया पठाइदिन्छु भन्दै ३ लाख ठगी गरेका थिए।
उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया