काठमाडौं – नेपालसहित विभिन्न मुलुकका मुद्रासहित दुई जना पक्राउ परेका छन्। नेपाली रुपैयाँ, अमेरिकी डलर, भारतीय रुपैयाँ, पाकिस्तानी रुपैयाँ अस्ट्रेलियन डलर र ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हाे।
पक्राउ पर्नेमा झापाको भद्रपुर– ४ का बब्लु मर्डी र बिर्तामोड नगरपालिका– १ का अनमोल गजमेर रहेका छन्। झापाको भद्रपुर नगरपालिका– ४ डाँगीबारीमा लागु औषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरूको साथबाट २१८ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर, नेपाली रुपैयाँ ३ लाख २ सय ५०, अमेरिकी डलर ७५, भारतीय रुपैयाँ ५ सय ३०, पाकिस्तानी रुपैयाँ ५० र अस्ट्रेलियन डलर ५ बरामद गरिएको प्रहरीले जनाएको छ।
उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया