रिलायन्सको शेयर मूल्य घट्दा कारोबार रकम १ अर्ब बढी


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८३.३३ अंकले बढ्दा रिलायन्स स्पिनिङ मिल्सकाे शेयर मूल्य भने घटेको छ। केही दिनयता लगातार सकारात्मक उछाल आइरहेको रिलायन्सको  शेयर मूल्य आज भने १.६० प्रतिशतले घटेको हो।

यससँगै आज यस कम्पनीको कारोबार उल्लेखनीय रुपमा बढेको छ। आज यस कम्पनीको १ अर्ब १३ करोड ५८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस कम्पनीको शेयर मूल्य घटेसँगै प्रतिकित्ता शेयर मूल्य ३ हजार ५ सय ९ रुपैयाँमा झरेको छ।