काठमाडौं – साताको दोस्रो कारोबारको दिन शेयर बजारमा उल्लेखनीय सुधार देखिएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८३.३३ अंकले बढेर बजार २७ सय ६० दशमलव २ को बिन्दुमा बन्द भएको हो।
आज ३४५ कम्पनीको २ करोड २१ लाख ५५ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९२ करोड ८५ लाख रुपैयाँ शेयर कारोबार भएको छ। आज सबैभन्दा बढी रिलायन्स स्पिनिङ मिल्स्को शेयर कारोबार भएको छ। आज यस कम्पनीको १ अर्ब १३ करोड ५८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, हिमालयन रिइन्स्योरेन्सको ५४ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ। आज सबैभन्दा बढी उपकार लघुवित्त, भुजुङ हाइड्रोपावर, रिडि पावर कम्पनी, नेशनल हाइड्रोपावर कम्पनीका लगानीकतौ कमाएका छन्। आज यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, आज सबैभन्दा बढी ८।५ प्रतिशत लक्ष्मी बैंक डिबेन्चर २०८८ का लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ३।१० प्रतिशतका दरले गुमाएका छन्।
आज नेप्सेमा १३ वटै सेक्टर हरियाली देखिएको छ। नेप्से ८३ अंकले बढ्दा हाइड्रोपावर सेक्टर बढेको छ। आज यस सेक्टर ४.५९ प्रतिशतले बढेको छ। त्यस्तै, फाइनान्स सेक्टर ४.०३ प्रतिशत, त्यस्तै, डेभलपमेन्ट सेक्टरको बैंकको ३.६३ प्रतिशत, बैंकिङ्ग सेक्टर ३.१८ प्रतिशतले बढेको।



About Us
प्रतिक्रिया