२ करोड ५८ लाख बिगो कायम गर्दै लेखा अधिकृतसहित ५ जनामाथि आरोपपत्र दायर 


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेलसहित हुमा कुमारी उपाध्याय, जमुना कुमारी रोकाक्षेत्री, हरीप्रसाद पौडेल र शान्ति दराई पौडेलमाथि सम्पत्ति शुद्धीकरण कसुरमा आरोप पत्र दायर गरेको छ।

उनले आफ्नो पदीय मर्यादा दुरुपयोग गरी ‘गैर कानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको’ आयोगले जनाएको छ। अयोगको अनुसन्धानको सिलसिलामा उनले व्यक्तिगत ऋण सापटी लिएको भन्दै आय आर्जन दाबी गर्ने प्रयोजनार्थ पेस गरेका कारोबारहरूको वास्तविकता तथा व्यक्तिगत ऋण सापटीको कारोबार गरेको देखाई गैर कानुनी रूपमा आर्जन गरेको सम्पत्ति लुकाउने, छल्ने, बदल्ने गरेको खुल्न आएको छ।

आयोगले उनीविरुद्ध सम्पत्ति शुद्धीकरण मनी लाउन्डरिङ्ग निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) को देहाय (क), (ख) र (ग)बमोजिम तथा सोही दफा ३ को उपदफा (३) ले परिभाषित कसुरमा बिगो २ करोड  ५८ लाख ६४ हजार कायम गरी कैद र जरिवाना सजाय माग गर्दै आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ।