९ बजेदेखि खुले बैंक, ५ बजेसम्म कारोबार हुने


काठमाडौं – आजदेखि बैंक तथा वित्तीय संस्थाहरुले ९ बजेदेखि नै बैंकिङ्ग सेवा दिएका छन् । सरकारले गरेको निर्ण कार्यान्वयनका लागी नेपाल राष्ट्र बैंकले एक सूचना जारी गरेर कार्यलय समय परिवर्तन गर्न भनेको थियो । जसअनुसार नै बैंकहरुले आज ९ बजेदेखि बैंकिङ्ग सेवा सुचारु गरेका हुन् ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु, पूर्वाधार विकास बैंक, नेपाल क्लियरिङ हाउस लिमिटेडलाई परिपत्र गर्दै ९ बजेदेखि नै सेवा दिन भनेको थियो । केन्द्रीय बैंकले २०८२ साल चैत २३ गतेदेखि लागू हुने गरी प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा हुने उल्लेख गरेको छ ।

यस्तै, सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म हुने बताएको छ । तर, कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म हुने केन्द्रीय बैंकले जनाएको छ ।