काठमाडौं – लागू औषध र चार लाख नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पर्वतको कुश्मा घर भई हाल कास्की पोखरा बस्ने सिमा दर्जी रहेकी छिन्।
पोखरा सैनिक बस्तीमा लागू औषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र मातहत इलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। उनको साथबाट लागू औषध डाइजापाम –१ एम्पुल, फेनेरागन –१ एम्पुल र ब्रुफिनुर्फिन–६ एम्पुल गरी जम्मा ८ एम्पुल लागू औषध, मोवाईल २थान र चार लाख एक हजार नगद बरामद गरिएको प्रहरीले बताएको छ।
उनलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा ६ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ। साथै, उनी लागू औषध मुद्दामा पक्राउ परी कारागार कार्यालय कास्कीमा सजाय भुक्तान गरी रहेकोमा गत भदौ जेनजी आन्दोलनमा कारागारबाट फरार रहेको खुल्न आएको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया