भक्तपुर प्रहरीको स्विप अपरेसन’बाट दुई दिनमा ९० जना पक्राउ 


काठमाडौं – जिल्ला प्रहरी परिसर भक्तपुरले शनिबार र आइतबार स्विप अपरेसनबाट ९० जनालाई पक्राउ गरेको छ। 

भक्तपुर जिल्लाको विभिन्न स्थानमा जिल्ला प्रहरी परिसर भक्तपुर र मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले शनिबार ६० जना आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरू पक्राउ परेका थिए।

साथै, आइतबार ३० जना पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।