काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) शुक्रबार पनि खुल्ने भएको छ। मन्त्रीपरिषद् बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै शुक्रबार शेयर बजार खुल्ने भएको हो।
सरकारले ऊर्जा संकट टार्नका लागि सातामा शनिबारसँगै आइतबार पनि सार्वजनिक बिदाको निर्णय गरेको थियो। यससँगै, आइतबार शेयर बजार बन्द हुने स्थिति आयो। यससँगै, सातामा ४ दिन मात्रै शेयर कारोबार हुने अवस्था आएपछि नेप्से सञ्चालक समितिको बैठकले शुक्रबार पनि बजार खोल्ने निर्णय गरेको हो।
नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणी चापागाईँले आइतबार राति बसेको नेप्से सञ्चालक समितिको बैठकले शुक्रबार पनि बजार खोल्ने निर्णय भएको बैंकिङ्ग समाचारलाई जानकारी दिए।



About Us
प्रतिक्रिया