दीपक खड्काविरुद्ध ७ दिन म्याद थप


काठमाडौं – नेपाली काँग्रेसका नेता दीपक खड्कामाथि अनुसन्धान गर्न अदालतले थप ७ दिनको म्याद दिइएको छ । काठमाडौं जिल्ला अदालतले उनीमाथि अनुसन्धान गर्न थप ७ दिनको म्याद दिएको प्रवक्ता दीपक कुमार श्रेष्ठले बताए । 

उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान भइरहेको छ । चैत १५ गते पक्राउ परेका उनलाई आज दोस्रो पटक म्याद थप गरेको हो । यसअघि काठमाडौं जिल्ला अदालतले ७ हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

जेनजी आन्दोलनको क्रममा उनको निवासमा आगजनी हुँदा नेपालीसहित कैयौँ विदेशी मुद्रा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो।साथै, उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन्।