काठमाडौं – आज नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रिइन्स्योरेन्स र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर मूल्यका नकारात्मक सर्किट लागेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०५.५० अंकले घटेसँगै यी तिन कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको हो ।
यी कम्पनीहरुको शेयरमूल्य १० प्रतिशतले घटेसँगै नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य प्रतिकित्ता १ हजार १ सय ८३ रुपैयाँ ५० पैसामा झरेको छ । त्यस्तै, हिमालयन रिइन्स्योरेन्सको प्रतिकित्ता ७ सय ४ रुपैयाँ ७० पैसा र भूगोल इनर्जी डेभलपमेन्टको प्रतिकित्ता ४ सय ३० दशमलव २० पैसामा झरेको छ । यससँगै आज अन्य ७ कम्पनीको शेयरमूल्य समेत भारी अंकले घटेको छ । जसमा गाडियन माइक्रो लाइफ, सप्तकोशी डेभलपमेन्ट बैंक, पियोर इनर्जी, सान्भी इनर्जीको ९।९९ प्रतिशतले घटेर बन्द भएको छ ।
त्यस्तै, नेपाल रिइन्योरेन्सको ९.६२ प्रतिशत, नबिल डिबेन्चर २०८३ को ९.४४ प्रतिशत र दरमखोला हाइड्रो इनर्जी कम्पनी ९.३५ प्रतिशतले घटेर बन्द भएको छ ।



About Us
प्रतिक्रिया