बुद्धभुमी नेपाल हाइड्रोपावरको हकप्रद शेयर आजदेखि बिक्री खुला


काठमाडौं – बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि साविक शेयरधनीहरुका लागि हकप्रद शेयर निष्काशन तथा बिक्री गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कम्पनीको चुुक्तापुँजी ४० करोड रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता हकप्रद शेयर जारी गर्नेछ।

कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले फागुन १ गते बुकक्लोज गरेको थियो। जस अनुसार माघ २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सो शेयरमा आजदेखि आगामि वैशाख १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।