काठमाडौं – व्यवसायी दीपक भट्ट पक्राउ परेसँगै ४ बीमा कम्पनीको शेयर मूल्यमा भारी गिरावट देखिएको छ । भट्ट पक्राउ परेसँगै कम्पनीका लगानीकर्तामा कम्पनी डुब्ने डर देखिएपछि शेयरमूल्यमा उच्च गिरावट देखिएको हो ।
भट्ट पक्राउ परेसँगै दुई पुनर्बीमा कम्पनी नेपाल रिइन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ र के्रष्ट माइक्रो लाइफको शेयर मूल्य घटेको हो । जसमा सबैभन्दा बढी गार्डियन माइक्रो लाइफको शेयरमूल्य घटेको छ । यस कम्पनीको मध्यान्ह १२ः११ बजेसम्ममा ८.१२ प्रतिशतले घटेर प्रतिकित्ता १ हजार ५ सय १६ रुपैयाँ झरेको छ ।
त्यस्तै, नेपाल रिइन्स्योरेन्सको ६.७० प्रतिशतले घटेर ९ सय ९९ सय रुपैयाँ २० मा झरेको छ भने हिमालयन रिइन्स्योरेन्सको ६.५१ प्रतिशतले घटेर शेयरमूल्य प्रतिकत्ता ७ सय ३२ रुपैयाँमा झरेको छ । यससँगै सो कम्पनीको कारोबार भने उच्च देखिएको छ । यस कम्पनीले सो समयसम्ममा २० करोड रुपैयाँ भन्दा बढीको कारोबार गरिसकेको छ ।
साथै, केष्ट माइक्रो लाइफको शेयरमूल्य ४.९६ प्रतिशतले घटेर शेयरमूल्य प्रतिकित्ता १ हजार २ सय ५० मा झरेको छ ।
यता, शंकर ग्रुपमा अध्यक्ष शंकर अग्रवाल, शुलभ अग्रवाल पक्राउ परेसँगै हिमालयन लाइफको शेयर मूल्यमा पनि गिरावट आएको छ । कम्पनीको शेयरमूल्य ३.२५ प्रतिशतले घटेर प्रतिकित्ता ३५४ रुपैयाँमा झरेको छ ।



About Us
प्रतिक्रिया