चाइनिज नागरिकलाई लुटपाट गर्ने चार जना पक्राउ


काठमाडौं – कास्बीको जोगीमणीमा चाइनिज नागरिकलाई लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीका रोशन सुनार, अनिष परियार र अर्पन नेपाल सुनार र  धादिङका आरुस तामाङ, रहेका छन् । 

कुटपिट तथा लुटपाट गरी फरार भएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरूलाई कास्कीको पोखरा महानगरपालिका – ५ प्रस्याङबाट  नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।