प्रि ओपन सेसनमा ३.६० अंकले घट्यो नेप्से


काठमाडौं – प्रि ओपन सेसनमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३.६० अंकले घटेर बन्द भएको छ। यस सेसनमा १५ करोड ७ लाख ४२ हजार रुपैयाँको शेयर कारोबार भएको छ।

यस सेसनमा ७५ कम्पनी कारोबारमा आउँदा २८ हजार २३१ कित्ता शेयर किनबेच भएको छ। सो सेसनमा २५ कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ कम्पनीको शेयर मूल्य घटेको छ।

यससँगै १२ कम्पनीको शेयर मूल्य भने स्थिर देखिएको छ।