पक्राउ पर्नुअघि नै दिएका थिए हिमालयन लाइफका अध्यक्ष शुलभले राजीनामा


काठमाडौं – हिमालयन लाइफका अध्यक्ष शुलभ अग्रवालको राजीनामा स्वीकृत भएको छ । सम्पति शुद्धिकरणको अनुसन्धानमा तानिएका अग्रवालले अध्यक्षबाट राजीनामा दिएका हुन् ।

पक्राउ पर्नुअघि नै अध्ययक्ष पदबाट राजीनामा दिएका थिए । अध्यक्ष अग्रवालको राजीनामा चैत २० गते शुक्रबार दिउँसो २ बजे बसेको सञ्चालक समितिले स्वीकृत गरेको थियो । यस्तै, उनलाई राजीनामा स्वीकृत भएकै दिन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो ।